काठमाण्डाै – राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गएकाे जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाण्डाै आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाण्डाै आउने क्रममा छन् । सङ्घले गएकाे चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।
जेठ १४ गते बसेको सङ्घको बैठकल...