फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनशिपका लागि नेपाली महिला टोलीले अभ्यास गरिरहेको छ ।
मुख्य प्रशिक्षक जगदिश भट्टको संयोजकत्वमा प्रशिक्षण भैरहेको हो।
एसियन च्याम्प्यिनशिपमा पहिलोपटक सहभागी हुन लागेको नेपाली टोलीलाई कोरोना महामारी निकै बाधक बन्यो ।
समयमा नै अभ्यास थाल्न नपाउँदा नेपाली टोली निराश भएको थियो ।
देशको नामका लागि खेल्ने भन्दै कप्तान अरुणा शाहीले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको बताइन् ।
'अहिलेको हाम्रो प्रयास मेडल ल्याउनुभन्दा पनि राम्रो पफर्मेन्स देखाउनु हो,' कप्तान...