खोटाङ : जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुईजना बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो।दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का पारिवारिक समस्याका कारणले बिदा बसेपछि सेवा प्रभावित भएको हो ।कर्मचारी नभएपछि आइतबारदेखि बिहीबारसम्मका लागि एक्स–रे सेवा बन्द गरेको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए। ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स–रे हुने गरेको