खोटाङ – जिल्ला अस्पताल खोटाङको एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरको अनुपस्थितिमा अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।
कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका सिलसिलामा भारत गएका र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।
वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द याद...