महानगरपालिकाको दायित्व

नेपालले २०७२ साल असोज ३ गते नेपालकै इतिहासमा पहिलो पटक जनताको प्रतिनिधिबाट निर्वाचित संविधान सभाबाट नेपालको संविधान पाएको छ । यो संविधानले सङ्घीय लोकतान्त्रिक, समावेशी र समानुपातिक लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ । गणतन्त्र स्थापनापछि दोस्रो पटकको स्थानीय तहको निर्वाचन गरी जनप्रतिनिधिको निर्वाचन भइसक्योे । सङ्घ, प्रदेशको र स्थानीय तहको व्यवस्थाले स्थानीय एकाइलाई प्रशासनिक जिम्मेवारी बहन गर्नुपर्ने दायित्व आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरको आफ्नै विशेषता छ । महानगरको जिम्मेवारी भनेको शिक्षा, स्वास्थ्य,

सम्बन्धित सामग्री

प्रिमियम मूल्यमा असार २४ गतेदेखि आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १६ थप गरी प्रतिकित्ता रू. ११६ मा आईपीओ जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात रू. ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गर्न लागिएको हो ।  कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने रू. ८५ लाख ८१ हजार १०० बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । सो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ । स्थानीयबाट सो अवधिसम्म माग बमोजिम ढिलोमा साउन २२ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।  आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत रू. ७९ करोड ६८ लाख २९ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ४२ करोड ९० लाख ४८ हजार ५०० रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ५७ करोड २० लाख ६४ लाख ७०० कायम हुनेछ ।

विराटनगरमा ‘नो पार्किङ’कार्यान्वयन प्रभावकारी बनाइने

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्र (नो पार्किङ)को कार्यान्वयन थप प्रभावकारी बनाइने भएको छ । महानगरपालिकाको सोमवारको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएको पार्किङ निषेधित क्षेत्रलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमन सूक्ष्म रूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई निरन्तरता दिने लगायत निर्णय गरेको छ । महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले उक्त अभियानमा स्थानीय प्रशासनले सघाउने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । आइतवार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको ‘नो पार्किङ’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारीसाधन सडकमा राखेर ‘नो पार्किङ’को अवज्ञा गर्दै आएका छन् । यद्यपि महानगर उक्त निर्णयबाट पछि नहट्ने मेयर नागेश कोइरालाले बताए । ‘हाम्रो उद्देश्य विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो,’ उनले भने । मेयर कोइरालाले वैकल्पिक पार्किङ समेत व्यवस्थित बनाउँदै लगिने बताए । सवारीसाधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसीटीभी क्यामेरा र बत्ती तत्काल जडान गरिने उनले उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णय पूर्ण कार्यान्वयन गरिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गएको बताए । यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा अब नेपाल प्रहरीले समेत सघाउने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ । महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले भने, “फेवाताल पोखराको गहना हो । यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व

बहुवर्षे ठेक्का लगाउँदा महानगरलाई करोडौँको बोझ

सङ्घीय सरकारले विराटनगर महानगरपालिकाको प्रशासनिक भवन बनाउन गत आर्थिक वर्ष २०७८/७९ मा १० करोड ३८ लाख रुपियाँ बजेट विनियोजन ग-यो। प्रशासनिक भवन निर्माणका लागि महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनका आधारमा भवन निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्था गरेपछि महानगरले पनि म्युचुअलफन्डको रूपमा बजेट छुट्यायो तर समयमा भवन निर्माणको प्रक्रिया अगाडि नबढ्दा सङ्घीय सरकारले दिएको बजेट असार मसान्तमा फ्रिज भयो। अहिले भवन निर्माणको सम्पूर्ण दायित्व महानगरको काँधमा सरेको छ।

‘ऐतिहासिक सम्पदाको पुनःनिर्माण काठमाडौँ महानगरको दायित्व हो’

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।  २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण…

‘ऐतिहासिक सम्पदाको पुनःनिर्माण काठमाडौँ महानगरको दायित्व हो’

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।  २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण…

‘ऐतिहासिक सम्पदाको पुनःनिर्माण काठमाडौँ महानगरको दायित्व हो’

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।  २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण…

विराटनगरमा ३० करोडको लागतमा कारागार भवन बनाइँदै

विराटनगर महानगरपालिकाको हाट खोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण  गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधीन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिए ।मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलप

पर्यटन विभागको भूमिका खुम्चिए पनि दायित्व बढेको छ

सरकारी सेवामा प्रवेश गरेको १० वर्ष १० दिनमा सहसचिवमा नाम निकाल्न सफल रुद्रसिंह तामाङ विगत ६ महिनादेखि पर्यटन विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका तामाङ २०६१ मा अधिकृत तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए । वाणिज्य मन्त्रालय, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास, प्रशासन, पर्यटन मन्त्रालयमा […]