विराटनगरमा ‘नो पार्किङ’कार्यान्वयन प्रभावकारी बनाइने

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्र (नो पार्किङ)को कार्यान्वयन थप प्रभावकारी बनाइने भएको छ । महानगरपालिकाको सोमवारको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएको पार्किङ निषेधित क्षेत्रलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमन सूक्ष्म रूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई निरन्तरता दिने लगायत निर्णय गरेको छ । महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले उक्त अभियानमा स्थानीय प्रशासनले सघाउने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । आइतवार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको ‘नो पार्किङ’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारीसाधन सडकमा राखेर ‘नो पार्किङ’को अवज्ञा गर्दै आएका छन् । यद्यपि महानगर उक्त निर्णयबाट पछि नहट्ने मेयर नागेश कोइरालाले बताए । ‘हाम्रो उद्देश्य विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो,’ उनले भने । मेयर कोइरालाले वैकल्पिक पार्किङ समेत व्यवस्थित बनाउँदै लगिने बताए । सवारीसाधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसीटीभी क्यामेरा र बत्ती तत्काल जडान गरिने उनले उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णय पूर्ण कार्यान्वयन गरिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गएको बताए । यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा अब नेपाल प्रहरीले समेत सघाउने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित सामग्री

विराटनगरमा विद्युतीय साइकल वितरण

विराटनगर – विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरेको छ। प्रारम्भमा तीन थान साइकल वितरण गरिए पनि पछि थप गर्दै जाने महानगरको योजना छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन विद्युतीय साइकल वितरण गरेको हो। आज महानगर परिसरमा विराटनगर […]

कोशी अस्पतालमा स्वास्थ्यकर्मीको गुनासोको चाङ, दक्ष जनशक्ति थप्नुपर्नेमा जोड

मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा उपचार सेवामा समस्या हुँदै गएको चिकित्सक तथा विभागीय प्रमुखहरुले गुनासो गरेका छन्। विराटनगरमा मंगलबार प्रदेश १ संवाद समूहद्वारा आयोजित कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका संवादमा सहभागी चिकित्सकहरुले उपचार प्रदान गर्ने क्रममा असुरक्षा बढेको बताएका छन्। संवादमा जोडिएका चिकित्सक तथा नर्सले बिरामी उपचारका क्रममा दुर्व्यवहारदेखि […]

विराटनगरमा नमुना मतदान प्रभावकारी

काठमाडौं । प्रदेश नम्बर एक निर्वाचन कार्यालय विराटनगरले गरेको सञ्चालन गरेको नमुना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत सदर भएको कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । मतदानमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुई मतपत्र र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा गरी […]

विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा प्रत्यागमन मञ्चन

विराटनगर : विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो। गुरुप्रसाद मैनालीको कथालाई  विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन्। पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढंगले उद्घाटन गरेको थियो।नाटकमा प्रविण मोते, अभिषा आचार्य, सर्वश्री भट्टराई, समर्पण खनाल, युनि

‘नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुन्छ’

मोरङ – नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुने प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्। विश्व क्षयरोग निवारण दिवसका अवसरमा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री यादवले क्षयरोग लागेका बिरामीलाई स्नेहसँगै उपचारमा सहयोग गर्नुपर्ने बताए। क्षयरोग निवारणका लागि नियमित औषधि सेवन र परीक्षण आवश्यक हुने बताएका मन्त्री यादवले आउँदो निर्वाचनमा घरदैलो […]

प्रदेश १ : टेलिमेडिसिन र अनलाइन सेवा शुरु गर्ने सरकारको तयारी

विराटनगर : प्रदेश १ सरकारले दूर चिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाइन सेवा शुरु गर्ने तयारी गरेको छ। प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज (सोमबार) विराटनगरमा दूर चिकित्सा सेवाको नीति बैठकको आयोजना गरि सो जानकारी दिएको हो।चालू आवबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा प्रभावकारी हुने मन्त्री आङ्बोले बताए। उनले चालू आवभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस

‘कोशी अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउनु पर्छ’

मोरङ– विभिन्न राजनीतिक दलका नेताहरुले कोशी अस्पतालको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरमा मंगलबार आयोजित संवादका क्रममा राजनीतिक दलका नेताहरुले अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनु पर्नेमा जोड दिएका हुन्। दलका नेताहरुले अस्पताललाई प्रदेशकै नमूनाको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरेका थिए। छलफलका क्रममा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विगतको अवस्थामा अस्पतालमा […]

कोरोनाविरुद्धको खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन्।समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सातवटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताए। उनले कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए।समग्र जनसंख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखि

नक्कली रेम्डेसिभिर प्रकरण : गिरोहको सञ्जाल भत्काउन प्रयोगकर्ताको खोजी

विराटनगर / गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर नामक औषधि नै नक्कली बनाउने गरिएको फेला परेपछि मोरङ प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । प्रदेश १ को राजधानी विराटनगरमा नक्कली रेम्डेसिभिर संक्रमितका लागि बेच्ने गरिएको पुष्टि भएपछि प्रहरीले रेम्डेसिभिरको प्रयोग गरिएका बिरामीका आफन्तको खोजी थालेको छ । नक्कली रेम्डेसिभिर बिक्री गर्ने गिरोहको सञ्जाल... The post नक्कली रेम्डेसिभिर प्रकरण : गिरोहको सञ्जाल भत्काउन प्रयोगकर्ताको खोजी appeared first on Purbeli News.

महानगरद्वारा वडामै पीसीआर परीक्षण सुरु

विराटनगर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने कार्य फेरी सुरु गरेको छ ।बिरामीहरूको सुरक्षा र सेवालाई ध्यानमा राखेर महानगरले महामारीको दोस्रो लहरसँगै फेरि स्बाव संकलन थालेको हो । कोरोना भाइरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गरेको हो ।विराटनगरमा दैनिक दुई सय जनाभन्दा बढी […]