राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकियो : दायित्व, सम्पत्ति, श्रेष्ता हस्तान्तरण हुने

 पुस ७, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनस्र्थापना सम्बन्धी कार्यहरुलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्‍याएकोमा प्राधिकरणको नेतृत्व तथा सम्पूर्ण प्राधिकरण परिवारलाई धन्यवाद दिएको छ । प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बुधवार बसेको  बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनामा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्‍याउने सवैप्रति  आभार व्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरु समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु हुँदै पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाए। निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाईलाई संस्थागत सम्झनामा राख्न सुझाव दिंदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउन उपयुक्त हुने बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिहरुको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रुपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानूनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो । निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ । त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालू र पूँजीगत खर्चको आव ०७८/ ०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धि कार्यहरुको जिम्मेवारी पनि प्राधिकरणलाई नै दिइएको छ । यसका साथै विश्व बैंकसँगको सम्झौता बमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ । हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ । केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमेतको उपस्थिति थियो । त्यसैगरी, उक्त बैठकमा मुख्यसचिव शंकरदास बैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनर्निर्माण प्राधिकरण एवं विभिन्न मन्त्रालयका सचिवहरु, निर्देशक समितिका सदस्यहरु, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु लगायतको उपस्थिति थियो । मन्त्रिपरिषद्को २०७७ साल मंसिर १५ गतेको निर्णय अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेबाट सकिंदै छ ।  

सम्बन्धित सामग्री

६ वर्ष काम गरेर यसरी बिदा भयो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको काम गर्न गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको छ । बिहीबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालय परिसरमा ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रम गर्दै प्राधिकरणले आफ्नो दायित्व र जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, शहरी विकास मन्त्रालय लगायतलाई हस्तान्तरण गरेको छ । २०७२ साल पुस १० गते स्थापना भएर ५ वर्षे कार्यकालको जिम्मा पाएको प्राधिकरणले कोरोना संक्रमण लगायतका क

रानीपोखरी महानगरलाई हस्तान्तरण गरिँदै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने भएको छ । पुनर्निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि आज महानगरलाई हस्तान्तरण गर्न लागिएको हो । रानीपोखरीको ऐतिहासिकता झल्काउने गरी ०७४ पुस १३ गते काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको संयुक्त बैठकले अध्ययन समिति बनाएको थियो । सोही समितिको...

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

काठमाडाैं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरू हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरूलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ। त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्दे

पुनर्निर्माणको काम सम्बन्धित निकायबाटै

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी […]

पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत

जुद्द बारुण यन्त्रको नव निर्मित भवन ललितपुर महानगरलाई हस्तान्तरण

काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । २०७२ सालमा आएको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको भवनको साटो नयाँ भवन निर्माण भएको हो । प्राधिकरण आयोजना कार्यान्वयन इकाइका श्याम कुमार सिहले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई […]

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ ।  भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।  आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।  ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ ।  यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।  बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।  प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

गोरखा एकीकृत नमुना बस्तीका स्थानीयले पाए लालपुर्जा

गोरखा : धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुस्पी पाखामा निर्माण गरिएको एकीकृत नमुना बस्तीका स्थानीयलाई घरको लालपुर्जा हस्तान्तरण गरिएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीले बिहीबार स्थानीयलाई औपचारिक रुपमा बस्ती हस्तान्तरण गरेका हुन्।स्थानीय डम्बर सिंह गुरुङलाई लालपुर्जा दिएसँगै औपचारिक रुपमा बस्ती हस्तान्तरण सुरु गरिएको गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा

पुनर्निर्माण प्राधिकरणले पुनर्निर्मित विद्यालय भवन समितिलार्इ हस्तान्तरण गर्याे

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको कालिमाटीमा रहेकाे जनप्रभात माध्यमिक विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।  मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन र काठमाडौं जिल्ला कार्यान्वयन शिक्षा इकाईले विद्यालयको पुनर्निर्म...