भगवती हाइड्रोपावरको प्रिमियम मूल्य सहितको आईपीओ आजदेखि विक्रीमा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १६ थप गरी प्रतिकित्ता रू. ११६ मा आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात् रू. ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गरेको हो ।  कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय वासिन्दाहरूले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने रू. ८५ लाख ८१ हजार १०० बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा यो आईपीओ छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ । स्थानीयबाट सो अवधिसम्म मागबमोजिम आवेदन नपरे आईपीओको विक्री अवधि ढिलोमा साउन २२ गतेसम्म  विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड  छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत रू. ७९ करोड ६८ लाख २९ हजार छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ४२ करोड ९० लाख ४८ हजार ५०० रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. ५७ करोड २० लाख ६४ लाख ७०० कायम हुनेछ । +

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरणको आईपीओ स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा

२९ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश भएको छ । प्राधिकरणलाई आईपीओ निस्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए । अर्थ मन्त्रालयले आईपीओ निस्कासनका लागि सहमति दिएसँगै यस सम्बन्धी प्रस्ताव ऊर्जाले अघि […]

शिवम् होल्डिङ्सले १ करोड १६ लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दै

शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको छ ।

हिमालयन रिको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग कारण मागेको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने अनुमतिपत्रका कारण आफूहरुसहित लगानीकर्तालाई नोक्सान भएको दावी गर्दै यामप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश डा. कुमार […]

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

२४ असोज, काठमाडौं । नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० […]

बिकेन घोराही सिमेन्टको प्रिमियम आईपीओ, थपियो म्याद

२ जेठ, काठमाडौं । भ्रामक तथ्याङ्कका आधारमा अस्भाविक प्रिमियम मूल्य राखेर प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग […]

घोराही सिमेन्टको प्रिमियम आईपीओ जोखिमपूर्ण, विवरणपत्र नै भ्रामक

नेपाल धितोपत्र बोर्डले नै कुनै समय बढी मूल्य आम्दानी अनुपात भएका कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशन गरेर लगानीकर्तालाई सचेत बनाएको थियो । उही धितोपत्र बोर्डले पीई रेसियो ८७० गुणा हुनेगरी घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गर्नु आफैंमा विरोधाभाषपूर्ण छ ।

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ खुल्यो

१९ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति पाएको घोराही सिमेन्टले १९ वैशाख मंगलबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आर्इैपीओ निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० […]

प्रिमियम मूल्यमा घोराही सिमेन्टको आईपीओ १९ वैशाखदेखि

११ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति पाएको घोराही सिमेन्टले १९ वैशाखदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सोमबार आह्वानपत्र प्रकाशित गर्दै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १९ वैशाखदेखि आवेदन दिन सकिने जनाएको छ । कम्पनीले जारी पुँजी ३ […]

बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने लहर

६ चैत, काठमाडौं । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई […]