काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गर्नुभएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो ।
बुधवार दक्षिण–पश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उहाँको स्वागत गरेका थिए । सिन्ह्वाका अनुसार जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गर्नुभएको छ । बिहीवार उहाँले निङ्चीदेखि ल्हासासम्म रेल यात्रा गर्नुभयो ।
निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पह...