इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’ अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर...