चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज (बुधबार) साउदी अरबमा जानु हुने भएकाे छ । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएकाे हाे । दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले […]

सम्बन्धित सामग्री

सी–जेलेन्स्कीबीच महत्वपूर्ण फोनवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र किभ दुवै देशले बताएका छन् । ‘राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोनवार्ता भएको छ,’ जेलेन्स्कीले...

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुसमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुग्नुभएको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज साेमवार दिउँसो रुसको राजधानी मस्को पुग्नुभएको बीबीसीले जनाएको छ । गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को जानुभएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चीनले रुस–...

साउदी भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता तीनदिने भ्रमणको लागि साउदी अरब जाँदैछन्। राष्ट्रपति सी जिनपिङले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेकाे चिनियाँ सञ्चार माध्ययमले जनाएका छन्। यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन्। साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका […]

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

२१ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको […]

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित हुने निश्चित भएको छ।  चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ।   जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको...

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित

चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले उनलाई चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । बीबीसीका अनुसार महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । महाधिवेशनले पोलिटब्युरो र स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ । दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका नेता चान्सुलाई महाधिवेशनले बिदा गरेको हो । महाधिवेशनले ५ वर्षअघि पार्टीले अपनाएको सी विचारधारालाई अझै सशक्त बनाउने र चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको चिनियाँ सञ्चार माध्ययमहरुले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्दै छ । महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा ...

चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ । उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ ।उहाँकाे बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी-२० सम्‍मेलनमा किन गएनन् ?

१४ कात्तिक, काठमाडौं । इटलीको रोममा जी-२० सम्‍मेलन जारी छ । प्रायः अन्य मुलुकका राष्ट्रप्रमुख जारी सम्‍मेलनमा सहभागी छन् । तर चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलनमा सहभागी छैनन् । ब्रिक्सको बैठक यसपटक भारतमा हुने तय थियो । तर त्यो भर्चुअल माध्‍यमबाट सपन्‍न भयो । एसएसीओको बैठकमा पनि सी जिनपिङ उपस्थित भएनन् । बैठकमा सहभागी नहुने […]

के चिनियाँ राष्ट्रपति सी बिरामी छन् ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२०मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका...