काठमाडौं : सरकारले द्वन्द्वकालीन आयोग (सत्य निरुपण तथा मेलमिलाप आयोग तथा व्यक्ति बेपत्ता पारिएकाको) आयोगका लागि १ अर्ब ४० करोड छुट्याएको छ। संसदमा आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती आयोगलाई बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। उनले द्वन्द्वकालीन घटनाहरू निरुपण गर्ने समेत बताए।