खर्च नभएको रकम फिर्ता

काठमाडौैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको १ अर्ब ५० करोड रुपियाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपियाँ अझ बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपियाँमध्ये १ अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता […]

सम्बन्धित सामग्री

प्राविधिक पढ्ने विद्यार्थीको कमी, छात्रवृत्तिको रकम नै खर्च हुन सकेन

काठमाडौँ ।’रोल्पानगर, एक घर एक रोजगार’ नारा दिएर रोल्पा नगरपालिकाले सुरु गरेको प्राविधिक छात्रवृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पा जिल्लामै पहिलोपटक प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको नगरपालिकाले कोटा अनुसार विद्यार्थी नपाउँदा हरेक वर्ष लक्षित कोटाको झण्डै आधा रकम फिर्ता हुने गरेको छ । निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न चाहने, नगरभित्र बसोबास […]

लमजुङमा १४ कार्यालयबाट ४३ करोड फिर्ता

लमजुङ – गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट ०७८/७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित चालु र पुँजीगत बजेटमध्ये एक अर्ब २४ करोड ९२ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका […]

स्मार्ट फोन किनेको रकम फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई निर्देशन

झापाको बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो ।सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए। महालेखाको प्र

रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

बुधबारे । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम रु १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो । सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ […]

छोरामाथि खर्च गरेको रकम फिर्ता पाउनुपर्छ भन्दै बुवाले गरे मुद्दा दर्ता

चीनमा एउटा घटनाले निकै चर्चा बटुलिरहेको छ । यसको चर्चा चीनको सोसल मिडियामा व्यापक भइरहेको छ । एक चिनियाँ व्यक्तिले आफ्ना सौतेनी छोरा हुर्काउँदा लागेको खर्च फिर्ता पाउने माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि मुद्दा दर्ता गरेका हुन् ।श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिना पछि नै ताङ थर भएका एक व्यक्तिले सौतेनी छोरा लिउलाई अदालतसम्म पुर्याएका छन् । वैवाहिक सम्बन्धमा रहँदा लिउलाई हुर्काउन खर्च भएको रकमको क्षतीपूर्तिसहित ताङले २५,२०० युआन (करिब ५,२८५ डलर) माग गर

डीएफआईडीले सहयोग रकम फिर्ता लाने

बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीले नेपाल राष्ट्र बैंकमार्फत वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई दिँदै आएको अनुदान यसै आर्थिक वर्षदेखि रोक्ने भएको छ । ‘चालू परियोजनामा खर्च हुन नसकेको र डीएफआईडीको नियमअनुसार फिर्ता लगी अन्य कार्यमा लगाउने गरिन्छ,’ नियोगकी नेपाल प्रमुख सराह सान्याहुम्बीले अभियानसँग भनिन् । नेपाल राष्ट बैंकले पाउँदै आएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गतको सहयोग आफ्नै अक्षमताका कारण गुुमाएको हो । डीएफआईडीका अनुसार केही वर्षदेखि बैंकको कार्यप्रगति सुस्ताउँदै गएको छ । कार्यक्रमको अवधिभित्रमा दिइएको सहयोग रकमको उपयोग हुने सम्भावना नदेखिएकाले सहयोग रोक्ने निर्णय गर्नुपरेको डीएफआईडीले बताएको छ । डीएफआईडीले विगत सात वर्षदेखि राष्ट्र बैंकलाई सहयोग गर्दै आएको थियो । यसरी सहयोग रोकिएको सूचना सार्वजनिक भएको दुई हप्ताभन्दा बढी भइसकेको छ तर राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । विभागका एक निर्देशकले डीएफआईडीको तर्फबाट यस सम्बन्धमा औपचारिक जानकारी नआएकाले थाहा नभएको बताए । उनका अनुसार डीएफआईडीको औपचारिक पत्र कुरेर बसेको छ । राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्ले बैंकको नेतृत्वमा नै समस्या भएकाले सहयोगको सदुपयोग नहुने आशय व्यक्त गर्छन् । काफले भन्छन्, ‘अहिले केन्द्रीय बैंकका कार्यमा शिथिलता आएको र सोचअनुरूप गति लिन सकेको छैन । राजनीतिक हस्तक्षेप र समयमा गभर्नर नियुक्त हुन नसक्नाले पनि त्यसो भएको हुन सकछ । ’ वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

बूढीगण्डकीको ६ अर्बभन्दा बढी रकम फिर्ता

गोरखा-बूढीगण्डकी जलविद्युत् आयोजनाले गत आर्थिक वर्ष विनियोजन गरेको कुल बजेटमध्ये २१ प्रतिशतमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका लागि पुँजीगततर्फ सात अर्ब ६४ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ६३ करोड ३३ लाख रुपैयाँमात्रै खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ […]

बूढीगण्डकीको ६ अर्बभन्दा बढी रकम फिर्ता

बूढीगण्डकी जलविद्युत् आयोजनाले गत आर्थिक वर्ष विनियोजन गरेको कुल बजेटमध्ये २१ प्रतिशतमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका लागि पुँजीगततर्फ सात अर्ब ६४ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ६३ करोड ३३ लाख रुपैयाँमात्रै खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ […]

खर्च नभएको रकम फिर्ता पठाउन स्थानीयलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता गर्न र खर्चको आर्थिक विवरण पठाउन भनेको हो ।

पढाइ सकेपछि रकम फिर्ता

निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पढाइमा खर्च गरेकोे रकम फिर्ता पाइन्छ भन्दा धेरैले विश्वास गर्दैनन् ।