काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा हट्पुल बाई अलेफलाई आफ्नो आधिकारिक विक्री साझेदार चयन गरेको छ । गत हप्ता काठमाडौंमा सम्पन्न एक कार्यक्रममा सोको घोषणा गरिएको हो ।
कार्यक्रममा नेपालका विज्ञापन विज्ञ, विभिन्न व्यवसायी र डिजिटल व्यवसायमा संलग्न करीब २०० जनाको सहभागिता थियो । नेपालमा मेटाको आधिकारिक विक्रेता आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीलाई व्यापार विस्तार, आन्तरिक समर्थन र रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेटाको आधिकारिक विक्री साझेदारको रूपमा हट्पुल बाई अलेफले १८ भन्दा बढी बजारमा आफ्ना अध्ययन र उत्पादनको प्रयोगलाई सफल परीक्षण गर्दै आएको बताइएको छ । नेपालमा हट्पुल बाई अलेफको उपस्थितिले सीधा सम्पर्कविनाका साना तथा ठूला प्रयोगकर्ता र विज्ञापनदातालाई मेटाले प्रदान गरिरहेका अधिकतम उत्पादन, एप र सेवाको फाइदा लिन सघाउने बताइएको छ ।