नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली भारत हो । त्यसमा उप–विजेता नेपाल चार पटक भनेको छ भने बंगलादेश एक पटक बनेको छ । अहिलको संस्करणमा पनि नेपालका लागि भारत मुख्य चुनौतीको रुपमा रहँदा बंगलादेश पनि नेपालको लागि चुनौतीको पाटो हो । यसअघि