बुटवलको मैनाबगरमा एक हजार जनालाई पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की गरिएको हो । लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफ