नेपाली साहित्य क्षेत्रमा पत्रकारहरूले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन् । लेखन पेसामै लागिरहेका पत्रकारहरू बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ । यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिएका छन् । दसैँको अवसरमा आचार्यको उपन्यास ‘रुइबा’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद पस्किएको छ । नेपाली परि