काठमाडौं : कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा थलिएको नेपाली चलचित्र उद्योग अझै उठ्न सकेको छैन। पहिलो लकडाउनपछि उठ्न खोजेको चलचित्र उद्योगलाई कोरोनाको दोस्रो लहरका कारण भएको दोस्रो लकडाउनले फेरि थला पारेको थियो। कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि नेपाली चलचित्र उद्योग फेरि उठ्ने प्रयासमा छ।यसै क्रममा बुधबार नयाँ नेपाली चलचित्र 'टुल्की'को टिजर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।बहुपति प्रथालाई केन्द्रीय विषयवस्तु बनाइएको फिल्मलाई देव जंग थापाल