नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा एमालेले चुनाव जित्ने चारवटा आधार रहेको दावी गरेका छन् । उनले पाँच दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा हुन गइरहेको भन्दै अबको चुनावले नेपालको राजनीति स्पस्ट दुई ध्रुवमा बाँडिनुपर्ने पनि बताए ।त्यसक्रममा उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति आवस्यक भएको भन्दै जति धेरै राजनीतिक दल रहन्छन् त्यति धेरै विचलन बढ्ने र बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने बताए । महासचिव पोखरेलले अहिलेको ध्रुवीकरणले एमाले राष्ट्रिय शक्तिका रु