अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिइएको छ ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिवकुमार...

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिने उपकरण नियन्त्रणमा

पर्वत । कालीगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रयोग गरिएका उपकरणहरु नियन्त्रणमा लिएर सिल गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा नगरपालिका– १ स्थित राजाको बगरवाट एक÷एक वटा इस्काभेटर […]

अवैधरुपमा खोला उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

धनुषाको बटेश्वर गाउँपालिका ३, स्थित सुखजोर खोलाबाट रातिको समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा स्काइभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

सिन्धुलीको कमलामाई नगरपालिका ५ रानीखोलामा अवैध बालुवा उत्खनन् गरिरहेको स्काभेटर र तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ उत्खनन् गर्ने ५१ सवारीसाधन कारबाहीमा

हेटौंडा : मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने ५१ वटा सवारी साधनलाई कारबाही गरेको छ। प्रहरीले वैशाखदेखि हालसम्म अवैध रुपमा नदीजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर, जेसिबी , टिपर र ट्याक्टरलाई कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले शनिबार मात्रै लोडर, जेसिबी र टिपरलाई नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आइतबार पनि चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरी...

नदीजन्य पदार्थ दोहन आरोपमा कारबाही

न्युज अफ नेपाल,  हेटौंडा । अवैधरुपमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राबेल) दोहन, उत्खनन् गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले स्काभेटर, जेसीबी र ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री खुला गर्ने घोषणा गरेको बेला प्रहरी त्यस्ता गतिविधिप्रति आक्रामक […]

निषेधाज्ञामा अवैध उत्खनन गर्ने दुई वटा स्काभेटर नियन्त्रणमा

जनकपुरधाम : निषेधाज्ञाको मौका छोपी धनुषामा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको दुईवटा स्काभेटर (जेसिबी) प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित बडहरी खोलाबाट शुक्रबार साँझ अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको २ वटा जेसिबी नियन्त्रणमा लिएको हो। इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा अस्थायी प्रहरी कार्यालय बटेश्वर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त प्रहरी...