जनकपुरधाम : निषेधाज्ञाको मौका छोपी धनुषामा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको दुईवटा स्काभेटर (जेसिबी) प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित बडहरी खोलाबाट शुक्रबार साँझ अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको २ वटा जेसिबी नियन्त्रणमा लिएको हो।
इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा अस्थायी प्रहरी कार्यालय बटेश्वर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त प्रहरी...