अवैधरुपमा खोला उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा
धनुषाको बटेश्वर गाउँपालिका ३, स्थित सुखजोर खोलाबाट रातिको समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा स्काइभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट : चन्द्रपुर नगरपालिका वडा नं–१ मा पर्ने पौराई खोलामा स्काभेटर लगाएर जथाभावी उत्खनन गरिएको छ। रैयाटोल हुँदै पौराई मन्दिर जाने बाटोमा पर्ने पौराई खोला बुधबार दिनभरि उत्खनन भएको हो। दर्जनौं ट्याक्टर लाइन लगाएर एक स्काभेटरले उत्खनन गरेको थियो।पौराई खोला उत्खनन भईरहेको सूचना पाएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णसहितको टोलीलाई देख्नासाथ स्काभेटर र ट्याक्टरहरुको भागाभाग भएको प्रमुख कर्णले बताए।केही ठेकेदारहरुले चाँदी, बागमती र त्यसपछि पौराई खोलामा जथाभावी उत्खनन
रौतहट : राष्ट्रिय गौरवको योजनाको नाममा चन्द्रपुर नगरपालिकाले क्रसर संचालकलाई मनोमानी रुपमा खोला उत्खनन गर्न अनुमति दिएको छ। आश्रय निर्माण सेवालाई चाँदी खोला उत्खनन गर्न १० लाख रूपैयाँमा अनुमति दिएको हो।पालिकाले अर्को एउटा कन्ट्रक्सनलाई बाग्मती उत्खनन गर्न पनि अनुमति दिएको छ। स्काभेटर प्रयोग गरेर चाँदीमा उत्खनन गर्न अनुमति दिएपछि चन्द्रपुर नगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।यही जेठ दोस्रो साताबाट बाग्मती र चाँदीमा स्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ निकालेर तीव्र दोहन भइरहेको स्थानीयहर
चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रोक्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघातिक आक्रमण गरेको छ।