नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिने उपकरण नियन्त्रणमा

पर्वत । कालीगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रयोग गरिएका उपकरणहरु नियन्त्रणमा लिएर सिल गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा नगरपालिका– १ स्थित राजाको बगरवाट एक÷एक वटा इस्काभेटर […]

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै धनगढी उपमहानगर १७ का स्थानीय आन्दोलित

धनगढी उपमहानगरपालिकाले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गराएको भन्दै वडा नम्बर १७ का स्थानीय आन्दोलित बनेका हुुन् ।

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन - NepaliPatra

गल्याङ । कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, […]

शुक्लाफाँटा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गैरकानुनी तरिकाले ठेक्का लगाएको भन्दै अख्तियारमा उजुरी परेको छ। शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-०८०मा बनहरा र अनौखी खोला ठेक्का लगाएको थियो। नदीजन्य पदार्थ बिक्री...

शुक्लाफाँटामा नदीजन्य पदार्थ उत्खनन गर्न दिने सहमति

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने भएको छ। नगरपालिका र आन्दोलित बासिन्दाबीच नौबुँदे सहमतिपश्चात नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको हो।आन्दोलित स्थानीय बासिन्दाका माग सम्बोधन गर्न नगरपालिका तयार भएपछि नदीजन्य पदार्थ उत्खनन अगाडि बढाइएको छ। नगरपालिकाले आब ०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि बनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्स्ट्रक्सन प्रालिसँग ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ।नदीजन्य

नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न लागेपछि शुक्लाफाँटाका स्थानीय आन्दोलित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् कार्य अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन्। शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा नदीजन्य पदार्थ उत्खनन्का...

नदीजन्य पदार्थ उत्खनन् र ओसारप्रसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरेको आरोपमा मोरङ प्रहरीले सोमबार ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने खदम खोला र मुगु...

नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

झापा – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ। पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ। नगरले सोबारे […]

३ महिना नदीजन्य उत्खनन बन्द

दोलखामा ३ महिनाका लागि नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द गरिएको छ । जिल्ला समन्वय समिति दोलखाले सूचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द भएको जानकारी गराएको हो । उक्त अवधिभित्र दोलखाको कुनै पनि नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको निर्णय र बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट स्वीकृत नदीजन्य पदार्थ उत्खनन तथा संकलनसम्बन्धी कार्यविधि बमोजिम बन्द गरिएको हो ।

नदीजन्य पदार्थ मनपरी दोहन गर्ने कम्पनीले तिर्‍यो ७३ लाख जरिवाना

हेटौंडाः मकवानपुरमा ठेक्का सूचना र सम्झौतामा तोकिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण कम्पनीले जरिवाना रकम दाखिला गरेको छ। जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिका भित्र तोकिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै गरेको जरिवाना बराबरको रकम मोतिदान कन्स्ट्रक्सन सेवा कम्पनीले जिल्ला समन्वय ...