काठमाडौँ। नेपालमा मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ। दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभई कुष्ठरोग भएको पुष्टि भएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासका अनुसार उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको हो।