काठमाडौँ । मङ्कीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी २६ बर्षका ती व्यक्तिमा कुष्ठरोगको जीवाणु भेटिएको पुष्टि भएको जनाएको हो। उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए […]