माओवादी र समाजवादी लचिलो, एमाले अडानमै

काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन । बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र

सम्बन्धित सामग्री

प्रतिनिधि सभा तर्फ कर्णालीमा एमाले शुल्य

प्रतिनिधि सभा तर्फ कर्णालीमा नेकपा (एमाले) ले एक सिट पनि जित्न सकेन्। घोषणा भएका १० वटा क्षेत्रमा काँग्रेस, माओवादी, एकिकृत (समाजवादी) र राप्रपाका उम्मेदवार विजयी छन्।...

समानुपातिक ‘अपडेट’ : माओवादी र समाजवादी भन्दा रविको पार्टी अगाडि

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ स्थान र नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छन्। साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय […]

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ । यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...

कालिकोटका दुई नेता एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी र समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा र नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।...

शीर्ष नेताहरूको गृहवडा/नगरमा कस्तो छ चुनावी नतिजा ?

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् ।...

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]