मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

सम्बन्धित सामग्री

निर्वाचन आयोगको अपिल- चुनावमा भाग लिएर सबैले मताधिकार प्रयोग गर्नूस्

निर्वाचन आयोगले भोलि (मंसिर ४ मा ) हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेको छ ।

मंसिर ४ को चुनावमा ५ लाख बढी नागरिकले भोट हाल्न नपाउने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।

सभामुख सापकोटा आउँदो चुनावमा उम्मेदवार नबन्ने

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आउँदो चुनावमा प्रतिस्पर्धा नगर्ने भएका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरेर आउँदो मंसिर ४ गते हुने चुनावमा आफू उम्मेदवार नबन्ने जानकारी दिएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उनका भतिज माधव सापकोटाले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउने भएका छन् । नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य समेत रहेका सभामुख सापकोटाले […]

मंसिर ४ गते ‘एक बुथ सय विद्यार्थी युथ’ परिचालन गरिनेछ : अनेरास्ववियू

काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आगामी मंसिर ४ गते हुने चुनावमा ‘एक बुथ सय विद्यार्थी युथ’ स्वयंसेवक परिचालन गर्ने भएको छ।अनेरास्ववियू केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकले निर्वाचन परिचालनका लागि अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा ११ सय ११ सदस्यीय अनेरास्ववियू जनपरिचालन समिति निर्माणसमेत गरेको छ।यस्तै, केही सरकारी विद्यालयहरुमा संविधानको मर्मविपरीत शुल्क लिई दुई खालको कक्षा संचालन भइरहेकोप्रति ध्यानाकर्षण जनाउँदै अने

मंसिर ४ को चुनावमा १ करोड ७९ लाख मतदाता, वैशाखपछि दुई लाख मात्रै बढे

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्। निर्वाचन आयोगको बैठक शुक्रबार मतदाता नामावलीलाई स्वीकृत गरेका हो। आयोगले चुनावको मिति घोषणा भएको दिनसम्म गत साउन १९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको […]

मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउछ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै सचेत हुन भनेका हुन्।नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप पनि लगाएका छन्।

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।  ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आल

चुनावमा एक्लै भिड्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा ओलीले एमाले एक्लै चुनावमा जाने स्थिति आएको बताए। अध्यक्ष ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर एमाले चुनावमा जानुपर्ने बताए। बैठकले बहालवाला सांसद र प्रदेशसभाका […]

चुनावमा भाग लिन ७६ दलको आवेदन

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा भाग लिन ७६ वटा दलले आवेदन दिएका छन्। निर्वाचन आयोगले दिएको १० दिनको अवधिमा ७६ वटा दलले एकल तथा संयुक्त चुनाव चिन्ह प्रयोग गर्ने गरी आवेदन दिएका हुन्। अधिकांश दलले प्रतिनिधिसभा र सातवटै प्रदेशको चुनावमा भाग लिन निवेदन दिएका छन् भने केही दलले केही प्रदेश […]

मंसिर ४ चुनाव : कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले पनि मतदान गर्न पाउने !

काठमाडौं : निर्वाचन आयोगका आयुक्त दिनेश थपलियाले चुनावमा खटिने कर्मचारीलाई अस्थायी रूपमा मतदाता परिचय पत्र बनाएर भोट दिन पाउने व्यवस्था गर्ने बताएका छन्।बिहीवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, ब्यारेकमा रहेका सुरक्षाकर्मीहरू, थुनुवा कैदीबन्दीलाई अस्थायी मतदाता नामावली तयार गरेर भएपनि समानुपातिकतर्फ मतदान गर्न दिनुपर्ने विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।सम्भवत: यो चुनावमा यो माग पूरा गर्न आफूहरूको प्रयत्न रहने उनले स्पष्ट पारे।सरकारल