महाशक्ति राष्ट्रबीचको द्वन्द्वमा ताइवान किन यति महत्त्वपूर्ण बन्यो ? यस्तो भन्छन्, ताइवानी इतिहासका जानीफकारहरु

ताइवानको राजधानी ताइपेईका लागि सोमबारको यो दिन बाँकी दिनभन्दा फरक थियो। वार्षिक ‘एयर रेड ड्रिल’ दिउँसो सुरु भएको थियो । यस अभ्यासको उद्देश्य ताइवानका जनतालाई चीनको सम्भावित आक्रमणका लागि तयार पार्नु हो। ताइवानको छिमेकी चीनले विश्वमा ‘सुपर पावर’को हैसियत राखेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन आक्रोशित र तनाव उत्कर्षमा पुगेको […]

सम्बन्धित सामग्री

कहाँ जालान् ११ करोड चिनियाँ पर्यटक ? एक पर्यटनकर्मीको विचार

सन् २०२३ को शुरुआतसँगै विश्व पर्यटनमा चिनियाँ पर्यटकको दबदबा बढ्न थालेको छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएको) बिस्तारै विश्वमै महामारीको रूप लिएपछि विश्वका प्रायः सबै देशले आआफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाउन शुरू गरे । जसका कारण लगभग १ वर्ष विश्व पर्यटनले ठूलो मार खेप्यो । चिनियाँ पर्यटक नहुँदा विश्व पर्यटन बजार नै शून्य बन्यो । कोरोनाकै कारण नेपालमा सन् २०२० मा १९ हजार २५७ जना, सन् २०२१ मा छ हजार १९८ जना र सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या चिनियाँ पर्यटक नभएर चीन सरकार तथा चिनियाँ प्राइभेट कम्पनीले सञ्चालन गरेको विभिन्न आयोजनामा काम गर्न आएका चिनियाँ कामदारहरू रहेका थिए । सन् २०१९ मा मात्रै ११ करोड चिनियाँहरू विश्व भ्रमणमा निक्लेका थिए । कोभिड–१९ ले महामारीको रूप लिएपछि चिनियाँ पर्यटकको विश्व भ्रमण लगभग शून्यमा झर्‍यो । यसले गर्दा विश्व पर्यटनले सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ठूलो आर्थिक मार खेप्नुपर्‍यो । खास गरी हवाई उडान, पानीजहाज र होटेल क्षेत्रले ठूलो आर्थिक मार खेप्यो । कोरोनाले भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूको अनुमानविपरीत लगभग ३ वर्षसम्म विश्वभरि नै आफ्नो साम्राज्य जमायो । अहिले पनि यसले पूर्णरूपमा विश्राम लिएको हो होइन, भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूले केही भन्न सकेका छैनन् । यसमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि केही बोलेको छैन । जे भए तापनि सन् २०२३ को शुरूमै विश्व घुम्न निक्लने पर्यटकको संख्यामा चिनियाँको दबदबा बढ्दै छ ।  चीनको पर्यटनसम्बन्धी अध्ययन गर्ने संस्था चाइना आउट बाउन्ड टुरिज्म (कोटरी) ले प्रकाशित गरेको पछिल्लो रिपोर्टअनुसार सन् २०२३ मा एघार करोड चिनियाँहरू पर्यटकका रूपमा विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लने छन् ।  विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए । लगभग ३ वर्षपछि अर्थात् सन् २०२३ शुरू भए लगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लभगभ ३ वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ । यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गर्नु हो । यसलाई ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ (एडीएस) भनेर चिन्ने गरिन्छ । कोरोना महामारीपछिको लगभग ३ वर्षपछि चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेश घुम्न जाने अनुमति दिएकाले अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा दबदबा रहने देखिन्छ ।  चीन सरकारले पहिलो र दोस्रो चरण गरेर जम्मा ६० ओटा देशमा मात्रै आफ्ना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ जारी गरेको छ । बिस्तारै चीन सरकारले अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिन स्वीकृति दिने नै छ । गत जनवरी महीनाको २७ तारिखका दिन आफ्ना देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० ओटा देशलाई स्वीकृति दिएको थियो । त्यसमा नेपाल परेको थिएन । दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको छ । यसले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो संख्यामा बढ्ने आशा जगाएको छ । त्यसो त सन् २०२३ को जनवरी र फेब्रुअरी महीनामा क्रमशः १४ सय ३६ र २२ सय ३२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।  पछिल्लोपटक ‘कोटरी’ले सन् २०२३ मा ११ करोड चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने प्रक्षेपण गरेको छ । ती पर्यटक कहाँ जालान् ? सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविद्हरूको दृष्टि चिनियाँ पर्यटकमा परेको देखिन्छ । हामीले ती चिनियाँ पर्यटकमध्ये १ प्रतिशतलाई मात्रै नेपालमा आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि त्यही नै ठूलो उपलब्धि हुने देखिन्छ । तर, विगतको तथ्यतथ्यांक हेर्दाचाहिँ चिनियाँ पर्यटकको प्रथम रोजाइका देशहरूमा हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, मकाउ, ताइवान, अस्ट्रेलिया, फ्रान्स, सिंगापुर, जापान, माल्दिभ्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्बे, मोनाको, टर्की, बेलायत आदि पर्ने गरेको देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

ताइवानलाई तर्साउन झनै आक्रामक बन्यो चीन

काठमाडौं । चीन (China) को पिपुल्स लिबरेशन आर्मीको जलसेनाले पहिलो पटक ताइवान (Taiwan) माथि simulated strikes by aircraftको अभ्यास गरेको छ । ताइवान आसपासको सैन्य अभ्यास तेस्रो दिन पनि जारी रहँदा सोमवार भने चीनले पूर्वतिरबाट ताइवानमाथि नक्कली हवाई हमलाको अभ्यास गरेको हो ।  ताइवानका राष्ट्रपति आफ्नो १० दिने अमेरिका (America) भ्रमण सम्पन्न गरेर फर्किएपछि चीनले आफ्नो शक्ति प्रदर्शन तीव्र पारेको हो । यस अभ्यासमा दर्जनौं लडाकु विमान र युद्धपोतको प्रयोग गरिएको छ । यसबारे सोमवार नै ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ । चीन सेनाले ती दिने सैन्य अभ्यासको तयारीको घोषणा गरेको थियो ।  ताइवानी राष्ट्रपति साई इ–वेन मध्य अमेरिका र अमेरिकाको भ्रमण सकेर शुक्रवार मात्रै ताइवान आएका थिए । सोको एक दिनपछि शनिवार चीनले अभ्यास शुरु गरेको थियो । अभ्यासको क्रममा गएको २४ घन्टामा चीनको जे–१ लडाकु विमान ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा छिरेको बताइएको छ । चीनको जे–१५ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा छिरेको यो पहिलो पटक हो ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार उसको हवाई क्षेत्रमा पीएलएका ७० ओटा विमान र ११ ओटा जहाज छिरेको छ । ताइवानको पूर्वपट्टि प्रशान्त महासागरबाट ८० ओटा चिनियाँ लडाकु विमानहरूले उडान र अवतरण गरेको आफ्नो सेनाले देखेको भन्दै जापानको ज्वाइन्ट चिफ्स अफ स्टाफसले पनि पुष्टि गरेको छ । जापानले पनि आक्रमणको प्रतिक्रियामा आत्मरक्षा बलको लडाकु विमानहरू तयार पारेर राखेको थियो ।  लडाकु विमानबाहेक पनि चीनको जलसेनाको ११ ओटा युद्धपोत जहाजहरूलाई पनि ताइवान आसपास तैनाथ गरिएको भन्दै सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । यो अभ्यासलाई चीनले ताइवानलाई घेर्ने शैलीमा गरिएको अभ्यास (maritime blockades)को रूपमा हेरिएको छ । एजेन्सी

टेन्सेन्टलाई उछिनेर टीएसएमसी बन्यो एशियाको सबैभन्दा मूल्यवान कम्पनी

भदौ २, ताइपेई (ताइवान) । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) एशियाको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  बुधवार टीएसएमसीले एशियाकै मूल्यवान कम्पनीका रुपमा चिनियाँ कम्पनी टेन्सेन्टलाई उछिनेको हो । चीनले विगत केही महीनायता प्रविधि क्षेत्रमा गरेको कडाईका कारण टेन्सेन्ट, अलिबाबालगायत चिनियाँ कम्पनीहरुको मुल्यांकन घटेको छ । टीएसएमसीले यस अघि अगष्टको शुरुमा पनि टेन्सेन्टलाई उछिनेको थियो । कम्पनीको बजार पूँजीकरण ५ खर्ब ३८ अर्ब डलरभन्दा धेरै छ । दोस्रो स्थानमा रहेको टेन्सेन्टको बजार पूँजीकरण भने ५ खर्ब ३६ अर्ब डलर छ । ४ खर्ब ७२ अर्ब बजार पूँजीकरण सहित अलिबाबा तेस्रो स्थानमा छ । चीनको बजार नियामकले इन्टरनेट क्षेत्रमा अनुचित प्रतिस्पर्धा रोक्न नयाँ नियमन जारी गरेपछि टेन्सेन्ट र अलिबाबा दुबैले मंगलवार मात्रै २० अर्ब डलरभन्दा धेरै गुमाएका थिए । चीनको बजार नियामकले एकाधिकार विरोधी र प्रतिस्पर्धा मिच्ने कानूनमा कडाई गरेको छ । चीनले वित्तीय प्रविधिको क्षेत्रमा पनि निगरानी बढाएको छ । एजेन्सी