ताइवानलाई तर्साउन झनै आक्रामक बन्यो चीन

काठमाडौं । चीन (China) को पिपुल्स लिबरेशन आर्मीको जलसेनाले पहिलो पटक ताइवान (Taiwan) माथि simulated strikes by aircraftको अभ्यास गरेको छ । ताइवान आसपासको सैन्य अभ्यास तेस्रो दिन पनि जारी रहँदा सोमवार भने चीनले पूर्वतिरबाट ताइवानमाथि नक्कली हवाई हमलाको अभ्यास गरेको हो ।  ताइवानका राष्ट्रपति आफ्नो १० दिने अमेरिका (America) भ्रमण सम्पन्न गरेर फर्किएपछि चीनले आफ्नो शक्ति प्रदर्शन तीव्र पारेको हो । यस अभ्यासमा दर्जनौं लडाकु विमान र युद्धपोतको प्रयोग गरिएको छ । यसबारे सोमवार नै ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ । चीन सेनाले ती दिने सैन्य अभ्यासको तयारीको घोषणा गरेको थियो ।  ताइवानी राष्ट्रपति साई इ–वेन मध्य अमेरिका र अमेरिकाको भ्रमण सकेर शुक्रवार मात्रै ताइवान आएका थिए । सोको एक दिनपछि शनिवार चीनले अभ्यास शुरु गरेको थियो । अभ्यासको क्रममा गएको २४ घन्टामा चीनको जे–१ लडाकु विमान ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा छिरेको बताइएको छ । चीनको जे–१५ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा छिरेको यो पहिलो पटक हो ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार उसको हवाई क्षेत्रमा पीएलएका ७० ओटा विमान र ११ ओटा जहाज छिरेको छ । ताइवानको पूर्वपट्टि प्रशान्त महासागरबाट ८० ओटा चिनियाँ लडाकु विमानहरूले उडान र अवतरण गरेको आफ्नो सेनाले देखेको भन्दै जापानको ज्वाइन्ट चिफ्स अफ स्टाफसले पनि पुष्टि गरेको छ । जापानले पनि आक्रमणको प्रतिक्रियामा आत्मरक्षा बलको लडाकु विमानहरू तयार पारेर राखेको थियो ।  लडाकु विमानबाहेक पनि चीनको जलसेनाको ११ ओटा युद्धपोत जहाजहरूलाई पनि ताइवान आसपास तैनाथ गरिएको भन्दै सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । यो अभ्यासलाई चीनले ताइवानलाई घेर्ने शैलीमा गरिएको अभ्यास (maritime blockades)को रूपमा हेरिएको छ । एजेन्सी 

सम्बन्धित सामग्री

चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

काठमाडौँ- तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ । वर्ष सन् २०२३ को सुरुदेखि हालसम्म पाकिस्तानपछि चीन अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको हो । चिनियाँ भन्सार निकायलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार अफगानिस्तानले चीनतर्फ ९० लाख अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ भने चीनबाट अफगानिस्तानतर्फ झण्डै […]

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

काठमाडौं । सन् १८८८ मा संसारको सबैभन्दा पहिलो फिल्म रिलिज भएको थियो । २ मिनेट ११ सेकेन्ड लामो उक्त फिल्मको नाम ‘राउन्डहे गार्डेन सीन’ थियो । तर तीन सेकेन्डभन्दा पनि कम लम्बाइको उक्त फिल्म विश्वकै लागि आविष्कार बन्यो । पहिलो फिल्म बनाउने कुनै निर्देशक थिएनन् बरु फ्रान्सेली वैज्ञानिक लुइस ली प्रिन्स थिए । २ मिनेट […]

अमेरिकालाई उछिन्दै चीन बन्यो संसारको सबभन्दा धनी मुलुक

मककिन्से यान्ड कम्पनी नामक संस्थाले प्रकाशन गरेको नयाँ प्रतिवेदनले चीन संसारको सबभन्दा धनी मुलुक बनेको देखाएको छ ।  विगत दुई दशकमा विश्वव्यापी धन तीनगुणा बढेको र चीन धनीको अग्रणी स्थानमा रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।  संसारको आयमध्ये ६० प्रतिशतभन्दा बढी भाग ओगट्ने १० मुलुकका राष्ट्रिय ब्यालेन्स शीट जाँच गरेर मककिन्सेले उक्त निष्कर्ष निकालेको हो ।  चीनको सम्पत्ति सन् २००० मा ७० खर्ब डलर रहेकोमा अहिले १२०० खर्ब पुगेको छ ।  अमेरिकाको सम्पत्ति चाहिँ त्यही अवधिमा दोब्बरभन्दा बढी पुगेको छ । ...

अपमानको शताब्दी बेहोरेको चीन कसरी बन्यो विश्वको महाशक्ति ?

चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो मुलुकलाई जुन स्थानमा राख्न खोजेका छन्, त्यसलाई बुझ्न अतीततर्फ फर्कनुपर्ने हुन्छ । चीन अहिले विश्वशक्ति बनिसकेको छ । केही दशकअघि यसको कल्पना गर्न समेत सकिँदैनथियो ।  विश्वका अन्य मुलुकसँग गठबन्धन गरेर चीनले शक्ति आर्जन गरेको छ । जस्तो, पेरिस जलवायु सम्झौतामा उसले हस्ताक्षर गरेको छ ।  उसले संसारसँग प्रतिस्पर्धा पनि गर्ने गरेको छ । महाशक्तिसँग प्रतिस्पर्धाका लागि उसले बेल्ट यान्ड रोड इनिसिएटिभ जस्ता परियोजना ल्याउने गरेको छ ।  साठीभन्दा बढी देशमा चीनको यस परियोजनाअन्तर्गत प...

बन्यो चीन र लाओस जोड्ने रेलमार्ग, दुई देशको सीमामुनि सुरूङ (तस्बिरहरू)

उक्त रेलमार्गमा १६७ वटा सुरूङ बनाइएको छ।  चीन र लाओसको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ। सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा उनीहरूको झन्डा राखिएको छ।

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार

चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र

काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।

अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार

काठमाण्डाै – सन् २०२० मा अमेरिकालाई पछि छोड्दै चीन अब युरोपेली सङ्घ (ईयू) को सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।  कोरोना भाइरसको महामारीका कारण युरोपका प्रमुख साझेदार देशहरुबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएकाे हाे ।   गएकाे वर्ष अर्थात् सन् २०२० मा चीन र युरोपेली सङ्घबीचको व्यापार सात सय नाै अर्ब डलर रहँदा यसको तुलनामा युरोपेली सङ्घसँग अमेरिकाको व्यापार सन् २०२० मा ६ सय ७१ अर्ब डलर रह्यो । यद्यपि चीनको अर्थव्यवस्था कोरोना महामारीका कारण पहिलो त्रैमासिकमा...