मधेश सरकारमा रौतहटबाट चार मन्त्री

रौतहट । मधेश प्रदेश सरकारमा रौतहटबाट चारजना मन्त्री भएका छन् । प्रदेश सरकारको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै रौतहटले दुई मन्त्री र दुई राज्यमन्त्री पाएको हो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित गठन गरेका हुन् । रौतहटबाट जनमत पार्टीका वसन्त कुशवाह कृषिमन्त्री र नेकपा एमालेका मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका शेख अब्दुल कलाम सामाजिक विकास राज्यमन्त्री र नेकपा एमालेका (पहिले स्वतन्त्र) केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका हुन्  । यसअघिको प्रदेश सरकारमा रौतहटले एक राज्यमन्त्री मात्र पाएको थियो । प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री हुनुले यहाँको विकासमा थप सहयोग पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालय मन्त्रीविहीन छ । मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैसँग राखेर अन्य मन्त्रालयलाई पूर्णता दिएका हुन्, जसअनुसार ९ जना मन्त्री बनेका र तीनजना राज्यमन्त्री छन् ।

सम्बन्धित सामग्री

मधेश कृषि मन्त्रालयका मन्त्री र कर्मचारीले दुग्धजन्य पदार्थ किन्नुपर्ने निर्णय

जनकपुरधाम : मधेश सरकारका मन्त्रीले आफ्नो तलबबाट दुग्धजन्य पदार्थ किन्नैपर्ने निर्णय भएको छ। खपतभन्दा बढी दूध संकलन हुन थालेपछि मधेश सरकारले यस्तो निर्णय गरेको हो।डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुरमा दैनिक ४-५ हजार लिटर दूध संकलन हुने र एक हजार लिटर मात्रै विक्री हुने गरेको छ।मधेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलबबाट अनिवार्य डिडिसीको घ्यू किन्नैपर्ने निर्णय गरिएको छ।विभागीय मन्त्रीले मासिक ५ दिन, सचिवले ३ दिन र ११, १० तथा ९ औँ तहका

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश […]

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा बसेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले धर्ना दिन सुरु गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह […]

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

२९ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी […]

प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

२८ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए । शनिबार […]

मधेश प्रदेश युवा महोत्सव हुँदै

मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता  पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]

मधेश केन्द्रित दलका नेताबारे अभिव्यक्तिका मन्त्री श्रेष्ठ विवादमा

काठमाडौँ– मधेश केन्द्रित दलका नेताबारे दिएको अभिव्यक्तिपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ विवादमा तानिएका छन् । गत सोमबार गृह जिल्ला तनहुँमा आयोजित आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री श्रेष्ठले तराई टुक्र्याउँछु भन्ने मधेशी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको टिप्पणी गरेका थिए । उनको यो भनाइपछि उनी विवादमा तानिएका हुन् […]