मधेश प्रदेशमा कांग्रेसबाट मन्त्री बनेकाहरु बर्खास्त

बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरुलाई हटाएपछि आज शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाइएको हो । २६ …

सम्बन्धित सामग्री

उपेन्द्रले लिए देउवासँग बदला, मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेको हो  ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । उनले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन्। अब यी ३ वटै मन्त्रालय मुख्यमन्त्री स्वयंले नै सम्हाल्ने छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले   बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उनले मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका थिए ।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री राउतले काँग्रेसका मात्र मन्त्री बर्खास्त गरेर  अन्य दलका मन्त्रीलाई भने हाल कायम नै राखेका छन्।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाएका हुन् ।