लामा–लामा भाषण गर्नु वाक्पटु प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्यासन’ नै हो । दस महिनापछि सिंहदरबार छिरेका ओलीले सोमबार तीनवर्षे कार्यकालको ‘सफलता’ सुनाउन लामै समय खर्चिए । सवा दुई घण्टामा उनले एकातिर विकासको फेहरिस्त प्रस्तुत गरे भने, अर्कातिर पार्टीभित्रैबाट काम गर्न नदिएको दुखेसो पनि पोखे ।