'पार्टी विभाजन गराएर सफल भएको ठान्नु आत्मरति मात्रै हो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गराएर सफल भएको ठान्नु आत्मरति मात्रै भएको बताएका छन्।  शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्ना सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। ‘पार्टीहरू सत्तामा जानु या विपक्षमा बस्नु, विस्तारित हुनु या सङ्कुचनमा पर्नु लोकतन्त्रमा सामान्य विषय हुन्’ उनले भने, ‘तर सत्ताकै लागि अन्य पार्टीहरूमा विभाजन, विग्रह र विकृतिहरू पैदा गर्नु एवं त्यसकै बलमा आफू सफल भएको भ्रम पाल्नु आत्म...

सम्बन्धित सामग्री

पार्टी फुटाउन सम्भव छ ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट समूह छुट्टै पार्टी दर्ता गर्न तीन साताअघि निर्वाचन आयोग गयो । आयोगमा उनीहरुले पार्टी विभाजन गर्ने प्रक्रिया बुझे । कानुनी आधार खोजे । उनीहरू पार्टी विभाजन गर्न जुन सोचले आयोगमा पुगेका थिए त्यो सफल हुन सकेन ।

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो […] The post वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

फुट्नेहरु सफल भएका उदाहरण पनि छन् !

नेकपा एमालेको विभाजन प्रतिनिधि सभाको विघटनबाट सुरु भएको हो । नेकपाको पालादेखि नै नेतृत्वले भिन्न मत राख्ने पक्षलाई बराबरी ठाउँ नदिएको अथवा न्यायपूर्ण ढङ्गले पद र जिम्मेवारीको विभाजन गरेन भन्ने विवाद थियो । जब केपी ओलीले प्रधानमन्त्रीको रुपमा प्रतिनिधि सभाको विघटन गर्नुभयो, त्यसपछि विवाद सडक आन्दोलनको रुपमा आयो । विभाजन रोक्न केही नेताहरु लागे पनि सफल भएनन् । पार्टीभित्र पहिलेदेखि नै एकता थिएन । त्यसैले पार्टी फुट्नु कुनै आश्चर्यको कुरा पनि होइन । अहिले पार्टी विभाजन हुनुमा माधव नेपालको कुण्ठा तथा केपी ओलीको अहङ्कार ...

नेपाललाई पार्टीबाट हटाउन ‌ओली सफल...

एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाललाई पार्टीबाट हटाउन सफल भएका छन्। असार २७ गते गरिएको १० बुँदे लामो समय कार्यान्वयन नगरी बसेर पार्टी विभाजन भएपछि १० बुँदे कार्यान्वयन गर्न अग्रसर हुनुलाई माधव नेपाल हटाउन सफल भएका हुन्। उनले सोमबार मात्रै माधव नेपालसँग भएका नेताहरूलाई पार्टीभित्र राख्ने गरी १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।

एमालेलाई समाप्त पार्ने योजना सफल हुँदैन: ईश्वर पाेखरल

काठमाडौँ – नेकपा एमालेका महासचिव  ईश्वर पोखरेलले पार्टी विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गरेको आरोप लगाएका छन्। एमालेबाट बिद्राेह गरेर वरिष्ठ नेता नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि बुधबार निर्वाचन आयाेगमा निवेदन दिएका छन्। नेता नेपालकाे याे कदमलाई महासचिव पाेखरेलले एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन […]

यही सरकार आगामी दुई वर्षसम्म चल्छ - अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसदमा बहुमत रहेको बताउनुभएको छ । उहाँले बाँकी दुई वर्ष पनि यही सरकारले निरन्तरता पाउने बताउनुभयो । गृह जिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड– माधवहरु कम्युनिष्ट इतरको सरकार बनाउन लागिरहेको आरोप लगाउँदै उहाँले सो प्रयास निरर्थक हुने दाबी गर्नुभयो । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सरकार ढलाउन र पार्टी विभाजन गर्न कसैले साथ नदिने उल्लेख गर्दै नेकपाको सरकार ढलाउन कसैले पनि साथ नदिने बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो ‘कम्युनिष्ट पार्टी विसर्जन गर्ने उहाँहरुको कथित हिम्मत सफल हुन्न, अहिले पनि नेकपा राष्ट्रिय राजनितिको नेतृत्व शक्ति हो र यो रहिरहन्छ, बाँकी दुई वर्षको कार्यकाल केपि ओली नेतृत्वको सरकारले नै नेतृत्व गर्छ ।’