रुपन्देही प्रशासनले भिडभाड गर्न रोक लगाउने तयारी गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरिसकेको अवस्थामा रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोही अनुसार यसबारे आधिकारिक निर्णयको तयारी गरेको हो ।बुधबार जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक राखेर औपचारिक निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार बस्ने बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गर्ने बताए । उनले पछिल्लो समय कोरोना संक्रमण दर तीव्र भएकाले यसबा