दाङ– कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने विषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेको बताएका छन् । विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । […]