गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा …