विदेशबाट फर्काइने नेपालीका लागि क्वारेन्टाइन राख्न चितवनका ५० वटा होटल तयार भएका छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेका बेला चितवनका होटल व्यवसायीहरूले आफ्ना होटल क्वारेन्टाइनलाई दिन तयार भएका हुन् ।