म्याग्दी : रघुगंगा गाउँपालिका–३ गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा छ। पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभरि जाग्राम बस्न बाध्य छन्।गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा बस्ती पहिरोको जोखिममा परेको स्थानीय टककुमारी छन्त्यालले बताइन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमिनमा जथाभावी रुपमा सडक बनाउँदा पहिरो गएको उनको भनाइ छ।यस बस्तीका बासिन्दा जेठ पहिलो सातादेखि नै राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनासका