म्याग्दीका तीन बस्ती उच्च जोखिममा

म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको …