ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ - ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । नौ वटा पालिकाका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।   सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम, फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङ्गोला पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालीखोला र आँङ्खोप उच्च जोखिममा रहेको विपद् समितिले जनाएको छ । पाथी...

सम्बन्धित सामग्री

हुम्लाको सर्केगाडका तीन वडा बाढी, पहिरोको उच्च जोखिममा

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका तीन वटा गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाको २, ६ र ८ वडामा अविरल वर्षाका कारण खोलामा बढेको पानीको बहावले बाढी र पहिरोको उच्च जोखिम बढेको हो । गएरातिबाट निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि त्यहाँका स्थानीयहरू त्रसित बनेका छन् । पालिकाको वडा नम्बर–२ को […]

पहिरोले चार घर बगायो, पाँच घर उच्च जोखिममा

रोल्पा । बिहीवार राति वर्षापछि आएको पहिरोले रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा चारओटा घर बगाएको छ । फुलिबनमा पहिरोको उच्च जोखिम भएपछि गतवर्ष बाछेममा सारिएको नयाँ बस्तीमा पनि पहिरो गएको हो । पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सई सूर्यलाल गुरुङले जानकारी दिए । यस्तै अन्य पाँच घर पनि आंशिक रूपमा क्षति पुग्नुका साथै उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, विजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा रहेको छ । पहिरोले नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा रहेकाले मानवीय क्षति हुन नपाएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानाले बताए । प्रदेश सरकारको १५ करोड लगानीमा फुलिबनबाट ४० घर परिवारलाई बाछेमको नयाँ बस्तीमा सारिएको थियो । नयाँ बस्ती पनि पहिरोले बगाएपछि प्रदेश सरकारको लगानी बालुवामा पानी भएको छ । गाउँपालिकाको अन्य ठाउँमा पनि पहिरोको जोखिम भएकाले उक्त ठाउँमा नयाँ बस्ती राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाइ छ । भूगर्भविद् र स्थानीयको सुझाव नमानेर उक्त ठाउँमा बस्ती बसाल्दा अहिले यो अवस्था आएको स्थानीयको गुनासो छ । ‘घर बनाउँदा लागेको ऋण तिरेकै थिएन, अब घर पनि रहेन,’ पहिरो पीडित मनपुरा घर्तीले भनिन् । पहिरोले सडक बगाउँदा सुलीचौर–थबाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

पहिरोबाट बच्न सारिएको बस्तीमै पहिरो : चार घर बगे, पाँच घर उच्च जोखिममा

रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले जानकारी दिए।यस्तै अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुग्नुकासाथै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। दिलबहादुर घर्ती, चिमा घर्ती,

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षति स्थानमा सारियो

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।

पहिरोको उच्च जोखिममा १७ परिवार - Naya Patrika

सिलिचोङ गाउँपालिका–३ ताम्कुको साप्तेल टोलमा पहिरोको उच्च जोखिम देखिएका छ । बर्खा लागेसँगै साप्तेलका १७ परिवार पहिरोको जोखिममा परेका हुन् । साप्तेल भौगोलिक रूपमा भिरालो जमिनमा अवस्थित गाउँ हो । साप्तेल गाउँभन्दा तल...पूरा पढ्नुहोस् »

डोटीका ग्रामिण बस्ती विपद व्यवस्थापनको उच्च जोखिममा

डोटी – डोटी जिल्लाका अधिकांश ग्रामीण बस्तीहरु विपद व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ । भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गर्ने, वनजंगलको फडानी गर्ने, इञ्जिनियर र प्राविधिक बिना डोजरले जथाभावी सडक निर्माण गर्ने कारण डोटीका धेरैजसो बस्ती बाढी–पहिरोको उच्च जोखिम रहेको शहरी विकास डि...