जिल्लास्थित धुलिखेल अस्पतालले दक्षिण कोरियामा रहेका नेपालीलाई टेलिमेडिसिनबाट स्वास्थ्य परामर्श दिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा दक्षिण कोरियामा रहेका नेपालीलाई टेलिमेडिसिनबाट स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो ।