काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिएका हुन्।
'मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। तपाईंको कार्यकाललाई एकदम शुभकामना छ,'…