भारतले अफगानिस्तानबाट ११ नेपालीलाई दियो ‘एयरलिफ्ट’

भारतले अफगानिस्तानको राजधानी काबुलबाट ११ नेपालीलाई एयरलिफ्ट दिएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार ३५ जनालाई एयरलिफ्ट दिइएकोमा ११ जना नेपाली रहेका छन् । काबुलमा तालिबानले कब्जा गरेपछि त्रास फैलिएर स्वदेश फर्किन खोजिरहेकामध्ये ११ नेपालीलाई भारतले एयरलिफ्ट दिएको जनाइएको छ । एयरलिफ्टमा २४ जना भारतीय रहेका छन् ।