कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने ६ वर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेस मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।