२५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्ने अनुमति दिएका छ । बोर्डले जारी गरेको नयाँ निर्देशिकाको अनुसार ब्रोकर कम्पनीले शाखा विस्तारको अनुमति पाएका छन् । बोर्डले ब्रोकरलाई …
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।
प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।
नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । ‘अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन् ।
प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम मापदण्ड पूरा गर्ने कम्पनीले शाखा खोल्ने अनुमति माग्दै आवेदन दिएको खण्डमा प्राधिकरणले आवश्यक अध्ययन गरेर स्वीकृति दिन्छ,’ उनले भने । निर्देशिका जारी भएको झन्डै २ महीना हुँदा विदेशमा शाखा खोल्ने अनुमति माग्न किन कसैले आवेदन दिएन त ? जवाफमा प्रवक्ता पौडेल भन्छन्, ‘जुन देशमा शाखा खोल्ने हो, बीमा कम्पनीहरूले उक्त मुलुकको प्रचलित कानूनको पालना गर्नुको साथै त्यहाँको नियामक निकायले निर्धारण गरेको पूँजी पनि कायम गर्नुपर्ने प्रावधान छ । प्राधिकरणको बुझाइमा अहिले बीमकहरू शाखा खोल्ने देशको प्रचलित कानून अध्ययनको प्रक्रियामा छन् ।’
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सूचना अधिकारी विश्वनाथ अधिकारी उक्त कम्पनीले विदेशमा शाखाबारे गृहकार्य नगरेको बताउँछन् । ‘जीवन बीमा कम्पनीहरूको ग्राहक विदेशमा कार्यरत नेपाली श्रमिक पनि हुन सक्छन् तर निर्जीवनले मुख्य ग्राहक पहिचान गर्नुका साथै व्यवसायको सम्भाव्यता पनि अध्ययन गर्नु आवश्यक छ,’ उनी भन्छन्, ‘कम्पनी भर्खरै गाभिएका कारण हामीले त्यसतर्फ गृहकार्य गरेका छैनौं ।’
सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेशप्रसाद मैनाली तत्कालै विदेशमा शाखा खोल्ने योजना नभएको बताउँछन् । ‘विदेशमा शाखा खोल्ने विषयमा बोर्डमै छलफल हुनुपर्छ । अहिले उक्त विषयमा छलफल भएको छैन,’ उनले भने ।
बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं ‘फिजिबल’ नभएकै कारण बीमकहरू विदेशमा शाखा खोल्न इच्छुक नभएको अनुमान गर्छन् । ‘कम्पनीहरूका टार्गेट ग्रूप नै विदेशका नेपाली श्रमिक हुन् । त्यसका लागि कम्पनीहरूसँग वैदेशिक रोजगार बीमाको विकल्प पहिला नै छ । विकल्प हुँदाहुँदै विदेशमा शाखा खोल्दा कर्मचारी, पूर्वाधार लगायतको खर्च बढ्न जान्छ,’ उनले भने, ‘त्यसैले अन्य मुलुकमा शाखा खोल्न प्रयास नगरेका हुन् ।’
पूर्वअध्यक्ष चापागाईं कुनै पनि निकायले पोलिसी बनाउँदा कम्पनीका साथै बजारको माग र आवश्यकता अध्ययन गरेर मात्र पोलिसी बनाउनुपर्ने बताउँछन् । तर, अहिले सस्तो लोकप्रियताका लागि विभिन्न निकायले बजारको माग र आवश्यकता अध्ययन नगरी पोलिसी बनाउने गरेको पाइन्छ,’ उनले भने ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल १३ (ब्रोकर) कम्पनीहरूलाई १८ स्थानमा शाखा कार्यालय सञ्चालनको अनुमति दिएको छ । २०७७ फागुनमै सैद्दान्तिक सहमति पाएर पनि शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति नपाइ बसेका कम्पनीलाई बोर्डले अन्तिम स्वीकृत दिएको हो । बोर्डले २०७७ फागुनमा १२ ब्रोकर कम्पनीलाई उपत्यका बाहिरको २३ स्थानमा शाखा खोल्ने सैद्दान्तिक सहमति दिएको थियो […]
२ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल १३ (ब्रोकर) कम्पनीहरूलाई १८ स्थानमा शाखा कार्यालय सञ्चालनको अनुमति दिएको छ । २०७७ फागुनमै सैद्दान्तिक सहमति पाएर पनि शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति नपाइ बसेका कम्पनीलाई बोर्डले अन्तिम स्वीकृत दिएको हो । बोर्डले २०७७ फागुनमा १२ ब्रोकर कम्पनीलाई उपत्यका बाहिरको २३ स्थानमा शाखा खोल्ने सैद्दान्तिक सहमति […]
केन्द्रिय बैंकले विदेशी बैंकलाई नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै २ करोड अमेरिकी डलर चुक्ता पूँजी तोकेको हो । नेपालमा शाखा कार्यालय सञ्चालन गर्न चाहने विदेशी बैंक वा वित्तीय संस्थाले पनि अनिवार्यरुपमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने […]
काठमाडौं । एक मात्र सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक’ले अब सातै प्रदेशमा आफ्नो प्रादेशिक शाखा कार्यालय खोल्न पाउने भएको छ । बैंकले हालैमात्र नेपाल राष्ट्र बैंकबाट प्रादेशिक शाखा कार्यालयका लागि स्वीकृति पाएको हो । योसँगै हालसम्म केन्द्रिय कार्यालयसहित केही मुख्य शहरहरु, जिल्लाहरुमा शाखा कार्यालय रहेको बैंकले...
६ साउन, काठमाडौं । नगरपालिकामा शाखा खोल्न बैंकहरुले पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी योजनालाई सफल बनाउन नेपाल राष्ट्र बैंकले नगरपालिका र गाउँपालिकामा शाखा खोल्न स्वीकृति लिनु नपर्ने गरी निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तभित्रै सबै …