विदेशमा शाखा खोल्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।  प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ । प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । ‘अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन् । प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम मापदण्ड पूरा गर्ने कम्पनीले शाखा खोल्ने अनुमति माग्दै आवेदन दिएको खण्डमा प्राधिकरणले आवश्यक अध्ययन गरेर स्वीकृति दिन्छ,’ उनले भने । निर्देशिका जारी भएको झन्डै २ महीना हुँदा विदेशमा शाखा खोल्ने अनुमति माग्न किन कसैले आवेदन दिएन त ? जवाफमा प्रवक्ता पौडेल भन्छन्, ‘जुन देशमा शाखा खोल्ने हो, बीमा कम्पनीहरूले उक्त मुलुकको प्रचलित कानूनको पालना गर्नुको साथै त्यहाँको नियामक निकायले निर्धारण गरेको पूँजी पनि कायम गर्नुपर्ने प्रावधान छ । प्राधिकरणको बुझाइमा अहिले बीमकहरू शाखा खोल्ने देशको प्रचलित कानून अध्ययनको प्रक्रियामा छन् ।’ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सूचना अधिकारी विश्वनाथ अधिकारी उक्त कम्पनीले विदेशमा शाखाबारे गृहकार्य नगरेको बताउँछन् । ‘जीवन बीमा कम्पनीहरूको ग्राहक विदेशमा कार्यरत नेपाली श्रमिक पनि हुन सक्छन् तर निर्जीवनले मुख्य ग्राहक पहिचान गर्नुका साथै व्यवसायको सम्भाव्यता पनि अध्ययन गर्नु आवश्यक छ,’ उनी भन्छन्, ‘कम्पनी भर्खरै गाभिएका कारण हामीले त्यसतर्फ गृहकार्य गरेका छैनौं ।’ सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेशप्रसाद मैनाली तत्कालै विदेशमा शाखा खोल्ने योजना नभएको बताउँछन् । ‘विदेशमा शाखा खोल्ने विषयमा बोर्डमै छलफल हुनुपर्छ । अहिले उक्त विषयमा छलफल भएको छैन,’ उनले भने ।  बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं ‘फिजिबल’ नभएकै कारण बीमकहरू विदेशमा शाखा खोल्न इच्छुक नभएको अनुमान गर्छन् । ‘कम्पनीहरूका टार्गेट ग्रूप नै विदेशका नेपाली श्रमिक हुन् । त्यसका लागि कम्पनीहरूसँग वैदेशिक रोजगार बीमाको विकल्प पहिला नै छ । विकल्प हुँदाहुँदै विदेशमा शाखा खोल्दा कर्मचारी, पूर्वाधार लगायतको खर्च बढ्न जान्छ,’ उनले भने, ‘त्यसैले अन्य मुलुकमा शाखा खोल्न प्रयास नगरेका हुन् ।’ पूर्वअध्यक्ष चापागाईं कुनै पनि निकायले पोलिसी बनाउँदा कम्पनीका साथै बजारको माग र आवश्यकता अध्ययन गरेर मात्र पोलिसी बनाउनुपर्ने बताउँछन् । तर, अहिले सस्तो लोकप्रियताका लागि विभिन्न निकायले बजारको माग र आवश्यकता अध्ययन नगरी पोलिसी बनाउने गरेको पाइन्छ,’ उनले भने ।   

सम्बन्धित सामग्री

एक अभिकर्ता 'एक बीमा कम्पनी' नीति लागू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकजना बीमा अभिकर्ताले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।   बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ । बीमा ऐन, २०७९ को उक्त व्यवस्थाअनुसार प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेको हो । उक्त व्यवस्था लागू भएसँगै अब एक व्यक्तिले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउने छैन । प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा अभिकर्ताको संख्या २ लाख ५६ हजार ३२२ पुगेको छ । तीमध्ये ५ हजार ४५ अभिकर्ता समान किसिमका एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध छन् । प्राधिकरणका अनुसार समान किसिमको व्यवसाय गर्ने दुई बीमा कम्पनीमा आबद्ध अभिकर्ताको संख्या ४ हजार ८ सय ४७, तीन कम्पनीमा आबद्ध १ सय ७८, चार कम्पनीमा आबद्ध १६, पाँच कम्पनीमा २ र १० कम्पनीमा आबद्ध २ जना छन् । बीमा प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै नवीकरण गर्दा अब समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउनेछन् । अभिकर्ताले मोबाइलमा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) मार्फत कम्पनी छनोट गरी नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले बीमा ऐनमा भएको एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था कार्यान्वयनसँगै अभिकर्ता, बीमा कम्पनी र प्राधिकरणलाई सबैलाई फाइदा हुने बताउँछन् । सिलवाल भन्छन्, ‘हामीले ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेका हौं । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै अब अभिकर्तालाई नवीकरण गर्न सहज हुनेछ र उनीहरूले एउटा मात्र कम्पनीमा इमानदारीसाथ आबद्ध भएर काम गर्नेछन् ।’ अब बीमा कम्पनीहरूलाई आफ्ना अभिकर्ताबारे सम्पूर्ण जानकारी हुने र प्राधिकरणलाई पनि नियमन गर्न सहज हुने उनले बताए ।

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमा कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ।...

लेखापरीक्षण प्रतिवेदन नबुझाएका २२ बीमा कम्पनी कारबाहीमा

काठमाडौं : लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनी कारबाहीमा परेका छन्। बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूलाई जरिबाना गरेको हो।समितिले बिहीबार आर्थिक वर्ष २०७७।०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिबाना गरेको जानकारी दिएको छ। यसैगरी आर्थिक वर्ष २०७७।०७८ को लेखापरीक्षण नबुझाई दोस्रोपटक कानुनी व्यवस्था उल्लंघन गर्ने कम्पनीलाई थप ५ सय गरी १० हजार ५०० रुपैयाँ जरिबाना गरेको समितिका कार्यकारी निर्देशक राज

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं, जेठ ८। बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीहरूलाई घरजग्गा (रियल इस्टेट) व्यवसायमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्था गरेको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीले घरजग्गा व्यवसायमा लगानी […]

११ बीमा कम्पनी कारवाहीमा

बीमा समितिले आर्थिक वर्ष २०७६-०७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

तोकिएको समयमा लेखा परीक्षण गराई प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिले राष्ट्रिय बीमा संस्थानसहित दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो । यी कम्पनीहरूलाई समितिले प्रतिकम्पनी जनही १० हजार रुपैयाँका दरले जरिवाना गर्ने नि

नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अ...

दलीय भागबण्डामा नयाँ बीमा कम्पनी खोल्ने लाइसेन्स बाँड्ने तयारी

सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको छ । ठूलो रकम लेनदेन गरी लाइसेन्स बाँड्ने प्रकृयामा अर्थ मन्त्रालय र बीमा समितिले यतिखेर निकै सक्रियता देखाएका छन् । समितिका एक अधिकारीका अनुसार नयाँ लाइसेन्स वितरण गर्न तिहारअघि नै सूचना निकालिँदैछ ।नेपालमा अहिले नै १९ वटा जीवनबीमा र २० वटा निर्जीवन बीमा कम्पनी छन् । यी मध्ये कतिपय कम्पनीको अवस्था सन्तोषजनक छैन । अहिले फेरि मन्त्रालय र समितिले जीवन बीमाको

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।