ब्रोकरको शाखा २० ठाउँमा विस्तार हुने, ११ कम्पनीलाई बोर्डले दियो शाखा खोल्न अनुमती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमती दिएको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता मुक्तिनाथ श्रेष्ठले २० ठाउँमा ब्रोकर शाखा विस्तारका लागि अनुमति दिएको बताए । बोर्डले कतिपय ब्रोकर कम्पनीलाई एकभन्दा बढी शाखा खोल्न अनुमति दिएको उनको भनाई छ । बोर्डले ब्रोकलाई नयाँ शाखा सञ्चालनका अनुमती दिनकै लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ गत फागुन ४ गतेदेखि लागू गरेको थियो । सोही निर्देशिका बमोजिम बोर्डले नयाँ ब्रोकर शाखा खोल्न अनमति दिएको प्रबक्ता श्रेष्ठको भने ।  बोर्डले भिजन सेक्यूरिटिज प्रालिलाई तीन जिल्लामा तीन शाखा खोल्न अनुमति दिएको छ । भिजन सेक्यूरिटिजले कपिलबस्तु जिल्लाको चन्द्रौटा, ईलाम जिल्लाको ईलाम बजार र कैलाली जिल्लाको टिकापुरमा शाखा खोल्न अनुमति पाएको हो । त्यस्तै, कालिका सेक्यूरिटिजले महोत्तरी जिल्लाको बर्दिवासमा, त्रिशक्ति सेक्यूरिटिज पब्लिक लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा, निभ सेक्यूरिटिजले सर्लाही जिल्लाको हरिवन र कैलाली जिल्लाको अत्तरियामा शाखा खोल्न अनुमति पाएको हो । बोर्डका अनुसार भृकुटी स्टक ब्राकिङ्ग कम्पनी प्रालिलाई पर्सा जिल्लाको बीरगञ्ज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको बर्दिबास, म्याग्दी जिल्लाको बेनी र दोलखा जिल्लाको चरिकोटमा शाखा खोल्न अनुमति दिइएको छ । त्यसैगरि ईम्पेरियल सेक्यूरिटिज कम्पनीलाई धादिङ्ग जिल्लाको धादिङ्ग बेशीमा , थ्राईभ ब्रोकरेज हाउसलाई तनहुँ जिल्लाको दमौलीमा , सुन्धरा सेक्यूरिटिजलाई बारा जिल्लाको सिमरा र चितवन जिल्लाको पर्सामा, क्रियटिभ सेक्यूरिजलाई पाल्पा जिल्लाको तानसेनमा , आशुतोष सेक्यूरिटिजलाई सिराह जिल्लाको मिरचैयामा र मिडास स्टक ब्रोकिङ्ग कम्पनीलाई गोरखा जिल्लाको गोरखा बजारमा बोर्डले शाखा खोल्न अनुमति दिएको हो । हाल ५० ओटा ब्रोकर कम्पनीहरूले धितोपत्र बजारमा मध्यस्थकर्ताको रुपमा सेवा प्रवाह गरिरहेका छन् । राजधानी केन्द्रित रहेको ब्रोकर सेवा शाखा विस्तार गरी देशव्यापी रुपमा फैल्याउने योजना ब्रोकरहरूको समेत रहेको छ । शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्ने व्यवस्था छ । शाखा कार्यालय खोल्दा प्रति शाखा रू. १ करोड ५० लाखका दरले चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल शाखा कार्यालय खोल्न चुक्तापूँजी कायम नभएको अवस्थामा निर्देशिका लागूू भएको मितिले ६ महिनाभित्र पूँजी कायम गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ । बोर्डबाट स्वीकृति पाएको तीन महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याुउनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अघि बोर्डलाई जानकारी समेत गराउनुपर्नेछ । ब्रोकरले शाखा सञ्चालन गर्नुपूर्व बोर्डले आवश्यक देखेको खण्डमा शाखा कार्यालयको पूूर्वाधार निरीक्षण समेत गर्न सक्नेछ । बोर्डले निरिक्षण गर्दा रितपूर्वक पूर्वाधार तयार गरेको नदेखिएमा बढीमा पन्ध्र दिनको समय दिई पूर्वाधार पूर्ण रुपमा तयार गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । बोर्डले रितपूर्वक पूर्वाधार तयार नगर्ने ब्रोकलाई शाखा कार्यालय खोल्न दिएको स्वीकृति रद्द पनि गर्न सक्नेछ । बोर्डबाट स्वीकृति रद्द भएको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न पुनः निवेदन दिन पाइनेछैन् ।  यदि ब्रोकरले शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बोर्डलाई जानकारी गराई जुन जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेको हो सोही जिल्लाभित्र साविकको पूर्वाधार कायम राखी शाखा स्थानान्तरण गर्न सक्नेछ ।  शाखा कार्यालयका लागि तयार गर्नुपर्ने न्यूनतम पूर्वाधार: १. शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तिमा पाँच सय वर्गफिट हुनुपर्ने  २. शाखा कार्यालयमा कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिचालन (कम्प्लाइन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने । ३. शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने । ४. कम्तिमा दुई थान कम्प्युटर र त्यसका लागि पावर व्याकअप भएको हुनुपर्ने । ५. शाखा कार्यालयको कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा डेडिकेटेड इन्टरनेट कनेक्टीभिटिको प्रयोग भएको हुनुपर्ने । ६. कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टा छ्ट्टै हुनुपर्ने । ७.टेलिफोन , फ्याक्स, इमेल, इन्टरनेट तथा सिसीटिभि जस्ता पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने । ८.कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरूको यथोचित व्यवस्था भएको हुनुपर्ने ।   

सम्बन्धित सामग्री

कुमारी बैंकका पाँच शाखा विस्तार

काठमाडौं– कुमारी बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेलसमेत गरी नयाँ पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको जनाएको छ । […]

धनगढीमा हुलास स्टीलले शाखा विस्तार

काठमाडौं । धनगढीमा हुलास स्टीलले शाखा विस्तार गरेको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो । कम्पनीले सोमबार गरेको एक कार्यक्रममा हुलासका बिक्री प्रबन्धक अशोक सिंह, डिलर तथा सरोकारवालाहरुको सहभागितामा शाखाको उद्घाटन गरिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंकले बर्दिया जिल्लाको बारवर्दिया नगरपालिका –६मा नयाँ शाखा विस्तार गरेको छ ।बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउन नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संख्या ११० पुगेको […]

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित […]

कुमारी बैंकका तीन नयाँ शाखा विस्तार

कुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश–१ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश–२ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुँखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।यसका साथै बैंकका देशभरी १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, […]

कुमारी बैंकका ३ नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।प्रदेश १ को सुनसरी स्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो ।यससँगै बैंकको शाखा संख्या १९६ पुगेको छ ।

सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा विस्तार

काठमाडौ., २६ साउन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाको नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा पुगेको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै […]

बारामा मेगा बैंकको शाखा विस्तार

काठमाडौँ– मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश २ अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरमा नयाँ शाखा विस्तार गरेको हो। मेगा बैंकको यो १ सय ८५ औं शाखा हो। मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ। […]

कामना सेवाको शाखा विस्तार

कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खु दोबाटोमा शाखा विस्तार गरेको छ।

मेरो लघुवित्तले विस्तार गर्‍यो नयाँ ९ शाखा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ वटा नयाँ शाखा विस्तार गरेको छ।