सहकारी बैंकले अब सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने

काठमाडौं । एक मात्र सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक’ले अब सातै प्रदेशमा आफ्नो प्रादेशिक शाखा कार्यालय खोल्न पाउने भएको छ । बैंकले हालैमात्र नेपाल राष्ट्र बैंकबाट प्रादेशिक शाखा कार्यालयका लागि स्वीकृति पाएको हो । योसँगै हालसम्म केन्द्रिय कार्यालयसहित केही मुख्य शहरहरु, जिल्लाहरुमा शाखा कार्यालय रहेको बैंकले...

सम्बन्धित सामग्री

सानिमा बैंकको सेवा मूल्यांकन क्यूआर कोडमार्फत

काठमाडौं । सानिमा बैंकका ग्राहकले बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको बताइएको छ । यसअन्तर्गत, सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले यसको लागि सम्पूर्ण कार्यालयको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआरकोड उपलब्ध गराएको जानकारी दिएको छ । उक्त क्यूआरकोड स्क्यान गरी ग्राहकले तत्कालै मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले सुविधा ल्याएको जानकारी दिएको छ । बैंकका सातै प्रदेशमा १३२ शाखा कार्यालय तथा १२३ एटीएम सञ्चालनमा छन् ।

ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा सानिमाको अनलाइन सुविधा

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधा ल्याएको छ । बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लिखित क्यूआर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने निक्षेप प्रमुख हेमराज सन्ज्यालले जानकारी दिए । ‘बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ,’ उनले भने । यस सुविधाको शुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकको विश्वास छ । बैंकले सातै प्रदेशमा १३२ शाखा कार्यालय र १२२ एटीएममार्फत सेवा दिँदै आएको छ ।