न्यायालयको विवाद प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै टुंगो लाग्ने निश्चित भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादित बन्दा सिंगो न्यायालयको काम–कारबाही नियमित रूपमा नभएको पनि महिनौं बितिसकेको थियो । जबराकै कारण सर्वोच्च अदालतको साख घट्दै गएको अवस्था थियो । प्रधान न्यायाधीशविरुद्धका विरोध कार्यक्रम हरेक दिनजसो भइरह्यो । सम्बन्धित सरोकारवाला, बार पदाधिकारी, सर्वोच्चका न्यायाधीशहरूले प्रधान […]