ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

२१ मङ्सिर, बागलुङ । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी […]

सम्बन्धित सामग्री

ढोरपाटनमा सिकारयाम सुरु

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर, आठ बँदेल र चार झारलको सिकार गर्न अनुमति दिएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रराज कँडेलले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्ने अनुमति पाइसकेको कँडेलले जानकारी दिनुभयो ।